Friday, July 29, 2011

तिमी बेग्लै भा’किछौ रे

सुनेको छु हिजोआज तिमी बेग्लै भा’किछौ रे
उता मुटु छुरा रोपी एता माया ला’किछौ रे
देखावटी माया भन्छन तिम्रो चर्चा गर्नेहरु
सङ्गै जिउने मर्ने झुठो कसम पनि खा’किछौ रे

लाजै पचाई सबका अघि उसैसङ्ग जिस्किरन्छेउ
उसले दिएको उपहारमा सुनको बाला पा’किछौ रे
मर्यादाको ख्याल छैन,लोकलाजको डर छैन
तिर्खाएको प्यासी जस्तै तिमी अचेल धा’किछौ रे

तिमी आयौ र पो माया मिठो भयो

तिमी आयौ र पो माया मिठो भयो
मनमा छायौ र पो माया मिठो भयो
तिम्रो मेरो सम्बन्धको गीत रच्न थालेछु म
तिम्ले गायौ र पो माया मिठो भयो

तिम्रो मेरो प्रीतलाई फूलमालामा उनेकोछु
तिम्ले लायौ र पो माया मिठो भयो
आफ्नै मन हरायो लौ खोज्न अब कता जाउँ
तिम्ले पायौ र पो माया मिठो भयो

Monday, July 25, 2011

बगाएर भने, भेल रै छ जीवन

बगाएर भने, भेल रै छ जीवन
खेलाएर भने, खेल रै छ जीवन।

हुन्न कंहि सिधा, पर्छ दायाँ बायाँ
मात्रै जाल अनि, झेल रै छ जीवन।

तोरी सरि कोल्मा, पेलिंदा पो था'भो
पिना भन्दा साह्रो, तेल रै छ जीवन।

तातो तार्इ भित्र, तिखो झिर सहि
पाक्नै पर्ने मिठो, सेल रै छ जीवन।

Wednesday, July 20, 2011

कुनै बेला म पनि हरिफ नै थिए

कुनै बेला म पनि हरिफ नै थिए,,
समय ले आज मलाई सारीफ बनायो,,
त्यती बेला म तिम्रो कारीब नै थिए,,
त्यही कारण ले आज मलाई गरीब बनायो

Tuesday, July 12, 2011

Love

My love has starting point but no ending point

"Tpmagar"

समझनाले !!!!!

माईती देश को समझनाले आँखा भरि
आसु आउँछ |
दिदी- बहिनी दाजु- भाउजु साथी-संगी को
समझनाले सताउँछ ||
भेटनी आसा गरदा-गरदै विते महिना
साल हरू |
आँखा भरि सपना बोकी परखे कि छु
मिलनका तिपल हरु ||