Thursday, August 4, 2011

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर



कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर

उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर

पोखरी छ, पानी छैन

पोखरी छ, पानी छैन,
शारीर छ, जवानी छैन,
मौन रहन देऊ शब्दहरु घटना छ, कहानी छैन,
बितेका त्यी एतिहंस को समझाना छ, निसानी छैन,
बालुवामा महल बनाउने अनुभन छ, बनी छैन,
सूत तिमी सूत,
भर्खर त मिर्मिरे छ , बिहानी छैन,
निंद्रा पनी लागोस कसरी बिस्तरा छ, सिरानी छैन……..

Wednesday, August 3, 2011

पर्खी बसेँ दोबाटोमा तिमी आँउछौ भनि

पर्खी बसेँ दोबाटोमा तिमी आँउछौ भनि
भयौ तिमी टाढा यो दु:खीको माया मारी
दु:खी यो जिवनमा साहारा दिने कोहि भएन
चोखो माया दिएकै थिएँ आफ्नो भन्न पाईन



कति तडपिएको छु तिम्रो माया पाउँछु भनि
विपनामा आउने गर सपनामा सताउँछौ किन?
पूर्णिमाको रात हैन, औँसिको रात बनि आयौ तिमी
सगैँ मरौँ सगैँ बाचौँ भन्थ्यौ निष्ठुरी, आज छाडिगयौ किन?
भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाई
सम्झना छ यो दु:खीको सधैँभरी केबल तिमीलाई ।

मेरो घरको आगनी मा

मेरो घरको आगनी मा मैले तुलशी रोपेको छु
तिम्रो नाम तिम्रो चित्र मेरो मनमा खोपेकोछु

Tuesday, August 2, 2011

मैले के भनुं र ?

मैले के भनुं र प्रिया ? ,तिमी आफै जान्नेछ्यौ
मेरो मनको यो कुरा, तिमी आफै मान्नेछ्यौ

हाम्रो प्रेम काहनी यो, कसले लेखी दियेछ?
मेरो उनको मायामा, किन पोखी दियेछ ?



हिजो आज तिमीलाई, भेट्न पनि गाह्रो भो
माया गर्दा आफुलाई , चिन्न पनि साह्रो भो

बाचा गर्छु प्रियसी म, धोका दिन्न कदापि
किन रुन्छ्यौ यो बेला, किन ममा सरापी?

कसूर छ देखाउन, मर्न पनि हाजिर
जिन्दगी यो तिमीलाई ,मेरी दिल नजीर

मुस्कानमा हराउछु, माया बिना सक्दिन
तिमी मेरी आत्मा हौऊ, एक्लै बाँच्न सक्दिन

मरी जानू छ्दैछ हो, किन दूर भएकी?
तिम्रो माया मलाई हो, किन दुखी भएकी ?

तिमीसंग

तिमीसंग नै केही कुरा भन्न बाकीं छ
मेरो हिसाब तिमीसंग लिन बाकीं छ

धोका मलाई धेरै हुदा भन्नु कसरी ?
हाम्रो निसाब सबैसंग गर्न बाकी छ

तिमीले नै मेरो जीवन कहा पुरायौ ?
तिम्रो घातले बिस्वासको मर्म हरायौ

कति होलान मेरा साथी दिल जल्दछ?
आखिरी पाएं धोका सधै मर्ने बनायौ

मेरो माया

मेरो माया तिमीलाई नै किन धोका दिन्छौ?
बिस्वासको बोली बोल हो किन भोका हुन्छौ ?

मरी जानू या गरी खानु भन्छन दुनियाले
युगसाथी तिमी नै हौ नि हुन्छ भनी हालें

आज आज भोलि भोलि यो किन दिन छोटो ?
तिमी बिना उजाड़ भयो जीवन यो खोटो