Sunday, April 10, 2011

सपना हो यो भनेदेखी….

सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ


एउटा जून आकाशमा एउटा मेरो काख
जिन्दगीको पुग्यो धोको दैव दियौ लाख
हाम्रो माया चोखो भए यसको लाज राख
यसको लाज राख

जता हेर्छु उतै तिमी मेरो वरिपरी
निदरीमा झझल्कोले उठ्छु घरिघरी
तिमी बिना आखाँ मेरो साउनको झरी
साउनको झरी

जिवन मेरो के पो होला बिना तिम्रो माया
 तिमी  जान्छौ जतातिर उतै लाग्छु छायाँ
एकै मन एकै मुटु दुई हाम्रो काया
दुई हाम्रो काया

तिम्रो बेला मनमा बज्छ नरेटेरै पनि
टाढै देख्दा प्यास मर्छ नभेटेरै पनि
सपना हो यो भनेदेखी
सपनीमै मरुँ
अर्को जन्म पाएँ भने
तिमीसँगै परुँ

सपना हो यो भनेदेखी….

No comments:

Post a Comment