Tuesday, April 26, 2011

पहिलो भेटमै तिमिलाइ, मैले मन पराएछु

पहिलो भेटमै तिमिलाइ, मैले मन पराएछु !
पिरतिको सपना सजाइ, कल्पनामा हराएछु !!
लामो लामो केश सँगै, शिर माथि फूल रैछ !
कोइली झै बोलि तिम्रो,अम्रितरुपी मुल रैछ!!
मन भित्र लजाइ लजाइ,बोल्न पनि डराएछु !
पीरतीको सपना सजाइ,कल्पनामा हराएछु !!

गाजलु ति नयनहरु, मुस्कानरुपी मिठो हाँसो !
बंधक बनाइ लगाएछौ, कति छिटो मलाइ पासो!!
यि आंखाका नानी भित्र, तिम्लाइ कैद गराएछु !
पिरतिको सपना सजाइ, कल्पनामा हराएछु !!

No comments:

Post a Comment