Thursday, June 30, 2011

पश्चाताप

रम सङ रम्न पाय जिन सङ जिउन हुन्थो
हुस्कि को नै चुस्कि लाय ज्यान भित्र फुर्ति बड्थ्यो
कोरा पानि पिउनु भन्दा ठर्रा जाड पिउन जाति
छ्याङ धेरै भयर नै हयाङ् भयो रात भरी ।


बियर खाँदा छुट्टै मज्जा बिगतलाइ कोट्टाइ दिन्छ
स्यानपेन र स्यान्डि पिउदा मन धेरै चन्चल हुन्छ
खाँदा -खाँदा शिथिल शरीर आट अरु बडि दिन्छ
होटल अनि रेस्टुराको टेबुल कुर्शि भाच्न थाल्छ ।

कहिले रुने कहिले हास्ने क्षणहरु बड्न थाल्छ
वैटरको मिठो बोलि डन्सर सङ छाडा बन्छ
चिकेन रोस्ट बिरानिमा मातियर लड्न पुग्दा
भोलि पल्ट मुर्छा हुन्छ पल्टायर ब्याग हेर्दा ।

कति ताँने कति पिँय लेखा जोखा राख्या छैन
यादहरु मेटाउनलाइ फुर्सद मैले पाको हैन
धेरै पाँय बाहाना त पिउनलाइ नशाहरु
पश्चातापले मुटु पोल्छ गय त्यस्ता दिनहरु ।

No comments:

Post a Comment