Thursday, June 30, 2011

सक्छेऊ कि त

घमन्डको खेती गरेउ हिमाल कतै झूक्ला जस्तो
सागरको गहिराइ नाप्न तिम्ले कतै सक्छेऊ की त

रूप अनि धन छ रे दुनियालाई खेलाउने
नाचाहिदो धाक लाउदा शिक्षित बन्न सक्छेउ की त


चारै तीर खुशी होला प्रेमिहरू बटुल्छेउ रे
धेरैलाई रुवाएर एक्लै हास्न सक्छेउ की त

मर्नु पर्छ हामिलेत काल भन्दा तल छौ नि
अरुलाई छले सरी काल लाई नि छल्चेऊ की त

माया गर्ने झुटो नाटक शोझालाई मंचन रहेऊ
निर्दोषीलाई पीडा दिई आफु सन्दै रम्छेउ की त

No comments:

Post a Comment