Monday, June 27, 2011

मुटु भित्र दु:खका बेथा भए पनि

मुटु भित्र दु:खका बेथा भए पनि
कसैको मुटु दु:खाउन चाहन्न म
भित्र भित्र बेदनामा जली रहे पनि,
कसैलाई मेरो पिडाको बिष चखाउन
चाहन्न म,बरु परेलिमा नयनको

आसु लुकाएर भए पनि सबैको
खुशीयालिमा मुस्कुराइ दिने छु
म दिन्न नभन
चुहाई दिए दुई थोपा आशु
मेरो लास माथि ,
बिच बाटोमा छाडी नजाउ
बिन्ती छ मेरो हे मेरी प्रिया

No comments:

Post a Comment