Wednesday, June 29, 2011

पुरानो यादलाई भुल्न सकिन उस्कै यादले सताउँछ

पुरानो यादलाई भुल्न सकिन उस्कै यादले सताउँछ
अतितले पछ्याउन छोडेन मलाई उही सम्झनाले तड्पाउँछ

छाती चर्किन थाल्छ उस्लाई अरुसँग देख्दा
दु:ख त अझ बड्छ मनका कुरा भन्न नसक्दा

कसरि म भनु उसको याद नआई मेरो दिन ढल्दैन
सपनामा उसलाई नदेखी मेरो रात बित्दैन

हरेक रात यो मुटु चस्किनै रहन्छ
लाग्छ कसैले मेरो मुटुमा छुरा रोपिरहाछ
पिडाहरु बोकि ऋतुहरु सँगसँगै हिडिंरहाछु
खुशी मिल्ने आशमा तड्पीतड्पी भएपनि बाँचीरहाछु

No comments:

Post a Comment