Wednesday, June 29, 2011

बितेका पलहरुले बेस्सरी सताइरहेछन


बितेका पलहरुले बेस्सरी सताइरहेछन
मुटुले कुन मोडमा ल्याइपुरयाओ मलाई !

बसन्त आको थाहै छैन हिडिसकेछ मौसम
के सुनाउ पिडा कसको यादले सतायो मलाई !

अनौठो घटना भयो तिमी संगको बिछोड
आफ्नै मुटुले आज घचघच्याइरहेछ मलाई !


मदिरा महल त उहिल्यै नै बन्द भएर गए
फेरी यो अत्तरको गन्ध कहाँ बाट आयो मलाई !

पतझड हूँ या हूँ एक विरान गल्ली
मेरै खुसीहरुले आज जलायो मलाई !

गर्छन् बन्द कसरी यहाँ आँखाहरु
एक अपरिचित छाँयाले सिकायो मलाई !

बितेका पलहरुले बेस्सरी सताइरहेछन
मुटुले कुन मोडमा ल्याइपुरयाओ मलाई !

No comments:

Post a Comment