Wednesday, June 29, 2011

हृदयमा पनि तिमी

भाग्यमा विश्वास
कसलाई छ र ?
यदी मिल्छ खुशी भने
अस्विकार कसलाई छ र ?
केही चुनौती छन
मेरा पथमा पनि,

नत्र तिम्रो बिछोडमा
यो हृदय खुशी
कहाँ छ र ?
तिमी संग भेट्ने
मिठो सपना छ,
हृदयमा तिम्रै
कल्पनाको संसार छ,
कैले कैले सोच्छु कि
यो हृदयलाई
र ति अतितका पलहरुलाई
सदैवको निम्ती जलाई दीउ,
तर फेरी सोच्छु कि
मेरो अतित तिमी
र शायद मेरो
भविष्य पनि तिमी,

हृदयमा पनि तिमी ।

No comments:

Post a Comment