Thursday, June 30, 2011

निर्मोहिकै सम्झनाले

धेरै लेखेँ माया प्रेम कहानिका गजलहरू
आफु भने माया बिना तडपियर बसी रहें

मिलनका कथाहरु यत्र तत्र पढ्दै जांदा
बैरागिका भावना झै आशुहरु खसी बसे


बिचोड्को बेदनामा कल्पि रुने आत्मा जस्तै
मन पनि हलुंगो भो अध्य्रारोमा रोइ बसे

माया लाउने भूल गरे अन्जानैमा उनीलाई
आशा केवल निभी गयो मध्य रातमै उठी बसे

निर्मोहिकै सम्झनाले रात दिन सताउदा
निदाउन खोज्दा खोज्दै चारै प्रहार जागा बसे

No comments:

Post a Comment