Tuesday, June 28, 2011

आँखाको भाखा

आँखाको भाखा नबुझ्नेलाई ओठ खोलेर बुझाउन सकिनँ
बुझेर पनि नबुझेझैं गर्दा छाती चिरेर देखाउन सकिनँ

थाहा थियो मलाई म उनका लागि केवल खेलौना बनिरहेछु
रमाएँ त्यसैमा नखेलाउ भनी उनलाई कहिल्यै सम्झाउन सकिनँ
एउटै यात्रामा निक्लिएका हामी उनी शिखरमा पुगेर हेर्दा
थाहा छैन म कहाँ हराएँ आफैले आफैलाई भेटाउन सकिनँ

न त सक्छु दिन उनलाई दोष न कहीं भेटछु आफ्नो गल्ती
कहाँनेर के बिग्रियो कुरा कसैले सोध्दा बताउन सकिनँ

आँखाको भाखा नबुझ्नेलाई ओठ खोलेर बुझाउन सकिनँ
बुझेर पनि नबुझेझैं गर्दा छाती चिरेर देखाउन सकिन

No comments:

Post a Comment