Wednesday, June 29, 2011

म किन लेख्छु ?

यस्तै केही दस वर्ष देखी
कविता लेख्तै आईरहेछु
कसैले सोधोस मलाई
कि के प्राप्त हुन्छ तिमीलाई
कविता लेखेर !


जसो भन्नु मेरो समय
अहिले केही चंद क्षण पहिले
जब केही ध्यानमा थिएन
न त कविता नै ध्यानमा
तब सँग एउटा कागत थियो
म थिए
अनी एउटा कलम थियो !


जब म लेख्न बसे
म, कागत र कलम
तीनै एक भई दियौ
तीन सुरको मिलन
एउटा कविता भई दियो
मैले कहाँ लेखें र
त्यो त आँफै भई दियो ।।

No comments:

Post a Comment