Wednesday, June 29, 2011

समय

न त प्रेमी नै
न त साथीको लागि
समय रोकिदैन यहाँ
कसैको लागि,
मनलाई आफ्नो
नसजाऔं सजिलै गरी
सोच्न वाध्य हुनुछ
दुई पलको लागि,

हर कोही यहाँ
आधार खोजिरहेछन
अम्मली आफ्नो
एक्लो जीवनको लागि,
न अघी न पछी
समयको रफ्तार संग
ताल मिलाऔं
त्यही नै उत्तम छ
हर मानव का लागि ।।

No comments:

Post a Comment