Wednesday, June 29, 2011

तिमी घरबाट हिंडे पछी

आँखाहरुले
झरनाको रूप लिए,
मन बदलियो
मरूभूमी चर्म मा,
भावनाहरुको चक्रव्यूह

संभावनाहरुको मृत्‍यु,
खरानीको रंग सीत
अलमल्ली रहेका पलहरु,
चोटको विकराल रूप
मृत्‍युसंग लडाईं,
ढुंगा सरी मन
मैनवत्ती झै पग्लिनु,
यही मात्र रह्यो
मेरो बाँकी जीवन,
तिमी घरबाट हिंडे पछी ।

No comments:

Post a Comment