Wednesday, August 3, 2011

पर्खी बसेँ दोबाटोमा तिमी आँउछौ भनि

पर्खी बसेँ दोबाटोमा तिमी आँउछौ भनि
भयौ तिमी टाढा यो दु:खीको माया मारी
दु:खी यो जिवनमा साहारा दिने कोहि भएन
चोखो माया दिएकै थिएँ आफ्नो भन्न पाईन



कति तडपिएको छु तिम्रो माया पाउँछु भनि
विपनामा आउने गर सपनामा सताउँछौ किन?
पूर्णिमाको रात हैन, औँसिको रात बनि आयौ तिमी
सगैँ मरौँ सगैँ बाचौँ भन्थ्यौ निष्ठुरी, आज छाडिगयौ किन?
भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाई
सम्झना छ यो दु:खीको सधैँभरी केबल तिमीलाई ।

No comments:

Post a Comment