Thursday, August 4, 2011

चुडी गयो प्रितको डोरी गाँस्न सकिन ।
रुँदै थियो दुई मुटु हाँस्न सकिन ।।

बिहानीको शित झै चोखो माया
अन्जुलीमा भरेर साँच्न सकिन ।

रुदै थियो दुई मुटु हाँस्न सकिन ।।



बगैचामा फुल सँगै काँडा हुँदो रैछ

फुल टिप्न काँडालाई माँस्न सकिन ।

रुदै थियो दुई मुटु हाँस्न सकिन ।।

मर्नु परे संगै मर्छु भनि बाचा गरेर

बाँच्दा पनि आज सँगै बाँच्न सकिन ।

रुदै थियो दुई मुटु हाँस्न सकिन ।।

No comments:

Post a Comment