Tuesday, August 2, 2011

मैले के भनुं र ?

मैले के भनुं र प्रिया ? ,तिमी आफै जान्नेछ्यौ
मेरो मनको यो कुरा, तिमी आफै मान्नेछ्यौ

हाम्रो प्रेम काहनी यो, कसले लेखी दियेछ?
मेरो उनको मायामा, किन पोखी दियेछ ?



हिजो आज तिमीलाई, भेट्न पनि गाह्रो भो
माया गर्दा आफुलाई , चिन्न पनि साह्रो भो

बाचा गर्छु प्रियसी म, धोका दिन्न कदापि
किन रुन्छ्यौ यो बेला, किन ममा सरापी?

कसूर छ देखाउन, मर्न पनि हाजिर
जिन्दगी यो तिमीलाई ,मेरी दिल नजीर

मुस्कानमा हराउछु, माया बिना सक्दिन
तिमी मेरी आत्मा हौऊ, एक्लै बाँच्न सक्दिन

मरी जानू छ्दैछ हो, किन दूर भएकी?
तिम्रो माया मलाई हो, किन दुखी भएकी ?

No comments:

Post a Comment